पुलिस क्लब एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा 

नेपाल भ्युज

पुलिस क्लब एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा 
नेपाल पुलिस क्लब छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै  पुलिस अन्तिम चारमा पुगेको हो। राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो।
यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। यस अघि साबिक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
बिहीबार भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–२०,२५–१० र २५–१७ को सेटमा जित निकाल्यो।
त्यस्तै बिहीबार नै भएको महिला तर्फको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्‍यो। न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्‍यो।
त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ महिला टिम समूह विजेता बनेको छ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved