एमालेको अवरोधपछि संसद् स्थगित

नेपालभ्युज

एमालेको अवरोधपछि संसद् स्थगित
फाइल तस्वीर

काठमाडौं। एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमालेको अवरोधपछि मंगलबार दिउँसो १ गतेका लागि प्रतिनिधसभा बैठक स्थगित भएको हो।

तत्कालीन एमालेका १४ जना सांसद्लाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित विरोध जनाए। ‍‍संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बैठक शुरु हुनेबितिकै एमालेका सांसदहरूले उठेर विरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए।

सो क्रममा उनीहरूले आफ्नो पार्टीले कारबाही गरेका सांसदहरूलाई सदनमा प्रवेश गराएको भन्दै नाराबाजी गरेका थिए। विरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालनमा सहयोगका लागि अनुरोध गरेका थिए। अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै उनले बारम्बार ध्यानाकर्षण गराएका थिए।

एमालेका सांसदहरूको विरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अध्यादेश खारेज तथा विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए। त्यस्तै बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved