भारतीय विदेशमन्त्रीसँग विशेष सम्बन्धका विषयमा कुरा भएको छैन : परराष्ट्रमन्त्री

भारतीय विदेशमन्त्री जयशंकरले दुई मुलुकबीचको विशेष सम्बन्धलाई थप अगाडि बढाउने विषयमा छलफल भएको बताएका थिए।

नेपालभ्युज

भारतीय विदेशमन्त्रीसँग विशेष सम्बन्धका विषयमा कुरा भएको छैन : परराष्ट्रमन्त्री
फाइल फोटो

काठमाडौं। पराराष्ट्रमन्त्री नारायण खड्काले भारतीय विदेशमन्त्रीसँग विशेष सम्बन्धका विषयमा कुरा नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका मन्त्री खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार शिष्टाचार भेट भएको थियो।

न्यूयोर्कमा भएको उक्त भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले दुई मुलुकबीचको विशेष सम्बन्धलाई थप अगाडि बढाउने विषयमा छलफल भएको बताएका थिए।

उनले त्यहाँ राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफल भएको पनि बताएका छन्।

स्वदेश फर्केलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड-१९ महामारी, जलवायु परिवर्तन, दिगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्ठित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएका उनले त्यहाँ बताए।

मन्त्री खड्काले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको बताए। महासभामा भाग लिने क्रममा साइडलाइन छलफल भएको र नेपाल र अन्यदेशको सम्बन्धका बारे पनि कुराकानी भएको उनको भनाइ छ। फरक प्रसंगमा उनले नेपालको परराष्ट्रनीति आपसी समझदारी र अन्तराष्ट्रिय परिवेशअनुसार बनाउनुपर्नेमा जोड दिए।

खड्का ६ असोजमा परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेलगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved