च्याम्पियन्स लिग : बायर्नको शानदार जित, बार्सिलोनको लज्जास्पद हार

स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ। बार्सिलोना बेन्फिकासँग ३-० गोलअन्तरले पराजित भयो।

नेपाल भ्युज

च्याम्पियन्स लिग : बायर्नको शानदार जित, बार्सिलोनको लज्जास्पद हार

काठमाडौं। च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकाल्दा स्पेनिस बार्सिलोनाले भने लज्जास्पद हार व्यहोरेको छ।

गएरातिको खेलमा बायर्नले डिनाभो किममाथि ५-० गोलअन्तरको शानदार जित निकाल्यो। घरेलु मैदानमा बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा सर्ज जीनाब्री, लोरे साने र इरिक म्याक्सिमले एक एक गोल गरे।

यता, जितका लागि लगातार संघर्षरत स्पेनिस क्लब बार्सिलोनाले भने लज्जास्पद हार व्यहोरेको छ। बार्सिलोना बेन्फिकासँग ३-० गोलअन्तरले पराजित भयो।

खेलको ८७ औँ मिनेटमा इरिक ग्रेसियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले गतिलो प्रहार गर्न सकेन। बेन्फिकाका लागि भने ड्रविन नुयजले दुई तथा राफा सिल्भाले एक गोल गरे।

च्याम्पियन्स लिगका अन्य खेलमा आरबी शाल्सबर्गले लिललाई २-१, युभेन्टसले चेल्सीलाई १-०, म्याचेस्टर युनाइटेडले भिल्लारियललाई २-१ गोलअन्तरले पराजित गर्दा वुल्फस्वर्गले सेभिल्लासँग १-१ गोलको बराबरी खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved