अफ्रिकी मुलुक ट्युनिसियामा पहिलो पटक महिला प्रधानमन्त्री

तत्कालीन प्रधानमन्त्रीलाई सत्ताच्युत गरेसँगै राष्ट्रपति साइदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना हुँदै गर्दा उनले बुधबार ६३ वर्षीय रोमधनेलाई नयाँ प्रधानमन्त्री चयन गरेका हुन्।

नेपालभ्युज

अफ्रिकी मुलुक ट्युनिसियामा पहिलो पटक महिला प्रधानमन्त्री

एजेन्सी। ट्युनिसियामा पहिलो पटक प्रधानमन्त्रीका रुपमा महिला चयन भएकी छन्। नजला बौडेन रोमधनेलाई त्यहाँको प्रधानमन्त्रीका रुपमा राष्ट्रपति कैस साइदले नियुक्त गरेका हुन्।

दुई महीनाअघि आफ्नो कार्यभार सम्हालेका राष्ट्रपति साइदले तत्कालीन प्रधानमन्त्रीलाई सत्ताच्युत गर्दा प्रधानमन्त्री पद रिक्त रहेको थियो।

तत्कालीन प्रधानमन्त्रीलाई सत्ताच्युत गरेसँगै राष्ट्रपति साइदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना हुँदै गर्दा उनले बुधबार ६३ वर्षीय रोमधनेलाई नयाँ प्रधानमन्त्री चयन गरेका हुन्।

‘देशको इतिहासमा नै पहिलो पटक महिलाले सरकारको नेतृत्व गर्नेछिन्’, नयाँ प्रधानमन्त्री नियुक्तिपछि राष्ट्रपति साइदले आफ्नो समाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा बताइएको छ।

धेरै राज्य र त्यहाँका संस्थाहरुमा व्याप्त रहेको भ्रष्टाचार र राजनीतिक अस्थिरतालाई नवनियुक्त प्रधानमन्त्रीसँग मिलेर सम्बोधन गर्ने पनि राष्ट्रपतिले उल्लेख गरेका छन्।

ट्युनिसियामा २०१४ मा नयाँ संविधान जारी भएको थियो। नयाँ संविधान अन्र्तगत प्रधानमन्त्रीमा सञ्चय रहेको शक्ति भने नवनियुक्त प्रधानमन्त्री रोमधनेले अभ्यास गर्न पाउनेमा शंका गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved