आजको मौसम

देशभर सामान्यदेखि पूर्ण बदली, चट्याङसहित वर्षाको सम्भावना

अहिले देशको आधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

नेपालभ्युज

देशभर सामान्यदेखि पूर्ण बदली, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। अहिले भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशको आधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भोलि शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, १६ असोज शनिबार पनि देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved