उपत्यकामा ५० प्रतिशतलाई लगाइयो कोरोनाविरुद्ध खोप

चैतसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने लक्ष्य सरकारको छ।

नेपालभ्युज

उपत्यकामा ५० प्रतिशतलाई लगाइयो कोरोनाविरुद्ध खोप
फाइल तस्वीर

काठमाडौं। काठमाडौँ उपत्यकामा ५० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करीब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ। मन्त्रालयका अनुसार उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाएको छ।

काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ।

मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए।त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाएको छ।

त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ। यस प्रदेशमा पहिलो मात्रा ३८.२ प्रतिशत र पूर्ण मात्रा ३५.३ प्रतिशतले खोप लगाइसकेका छन्।

सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। यस्तै पुसमा दुई तिहाइ र चैतसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने लक्ष्य सरकारको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved