जहाज र हेलिकोप्टरको अध्ययन गर्न सरकारले बनायो समिति

साेमबार मात्रै एकैदिन बुद्ध एयरका दुई ओटा जहाजमा प्राविधिक समस्या देखिएको थियो। 

नेपालभ्युज

जहाज र हेलिकोप्टरको अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं। सरकारले आन्तरिक उडान गर्ने जहाज र हेलिकोप्टरको अध्ययन गर्न समिति बनाएको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सम्परिक्षणका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको हो।

समितिमा लामिछानेसहित नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टन कृुष्ण बहादुर पौडेल क्षेत्री, सीएटीसी अधिकृत प्रमोद नेपाल र प्राधिकरणका प्रवन्धक लक्ष्मण देवकोटा रहेका छन्।

केही वर्षयता आन्तरिक वायुसेवा कम्पनीका जहाज तथा हेलिकोप्टरमा प्राविधिक समस्या देखिएको मन्त्रालयको निक्यौल छ।

उक्त समितिले आन्तरिक उडान गर्ने सबै जहाजको आवधिक मर्मतसम्भार, आईसीएओको मापदण्ड परिपालन, सुरक्षा जाँच र सुरक्षा अडिटको अध्ययन गरी ३ महीनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेश गर्नुपर्नेछ।

साेमबार मात्रै एकैदिन बुद्ध एयरका दुई ओटा जहाजमा प्राविधिक समस्या देखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved