क्यानका सचिव प्याकुरेलले दिए राजीनामा

नेपालभ्युज

क्यानका सचिव प्याकुरेलले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

दुई वर्षे कार्यकाल सकिएलगत्तै बुधबार एक कार्यक्रम गरेर प्याकुरेलले राजीनामा घोषणा गरेका हुन्। एक दशकबढी लामो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै आउँदा दिनमा क्यानको सफलताको उनले कामना गरे।

उनले भने, “म क्यानमा आउनुको मुख्य अभियान पूरा भएकाले मैले राजीनामा घोषणा गरें, आईसीसीले क्यानलाई लगाएको निलम्बन फुकुवा गराउन म यहाँ आएको थिएँ।”

अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सन् २०१६ मा आईसीसीले क्यामाथि प्रतिबन्ध लगाएको थियो। यसपछि चुनावमार्फत नयाँ कार्यसमिति आएपछि लगभग तीन वर्षको प्रतिबन्धपछि सन् २०१९ मा निलम्बन फुकुवा भएको थियो।

चतुरबहादुर चन्दको अध्यक्षतमा दुई वर्षअघि निर्वाचित भएको क्यानको नयाँ कार्यसमितिमा प्याकुरेल सचिव बनेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved