समूह विजेता बन्दै हेल्प नेपाल र पुलिस क्लब क्वाटरफाइनलमा

यसै प्रतियोगिताका आधारमा आउँदो चैतमा हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि पुरुष तर्फ ७ र महिला तर्फ ५ टिम छनोट हुनेछन्।

नेपालभ्युज

समूह विजेता बन्दै हेल्प नेपाल र पुलिस क्लब क्वाटरफाइनलमा

काठमाडौं। एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा समूह ‘ए’बाट डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको बुधबारको खेलमा हेल्प नेपालले गलकोट स्पोर्टस् क्लबमाथि ३–१ को जित निकाल्यो। भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ ले पराजित गरेको हो।

समूह चरणका अपराजित रहँदै हेल्प नेपालले कुल ९ अंक जोड्यो। हारपछि यस समूहबाट गलकोट स्पोर्टस् क्लबले भने उपविजेताको रुपमा क्वाटरफाइनलमा ठाउँ पक्का गर्‍याे।

त्यसैगरी विभागीय टोली नेपाल पुलिस क्लब पनि बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह ‘बी’बाट विजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ। पुलिस पनि समूह चरणका तीन खेलमा नै विजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो।

पुलिसले गण्डकीविरुद्ध २५–१४, २५–१४, २५–१८ को सोझो सेटको सहज जित निकाल्यो। पुलिसँंग पराजित भएको गण्डकी प्रदेशले भने समूह उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको छ।

यसै प्रतियोगिताका आधारमा आउँदो चैतमा हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि पुरुष तर्फ ७ र महिला तर्फ ५ टिम छनोट हुनेछन्। प्रतियोगिताको उपाधि विजेता पुरुष तथा महिला टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved