शेयर बजार हरियै

नेपालभ्युज

काठमाडौं। तीन दिन लगातार घटेको शेयर बजार बुधबार ५०.५८ अंकले बढेको छ। प्रि–ओपनिङमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ४२ अंकले बढेकोमा बजार दुई हजार ६६५.९३ बिन्दूमा पुगेर बन्द भएको छ।

बुधबार १३ ओटै समूहको शेयर बढेको छ।

आज आठओटा कम्पनीको शेयर मूल्यमा उच्च मूल्यले बृद्धि भएको छ। यो दिन अपि पावर र ग्रीन ग्रीन डेभलपमेण्ट बैंकको शेयर १० प्रतिशतले बढेकोमा मनकामना स्मार्ट लघुबित्तको ९.९३, युनाइटेड ईदी मर्दी आरविवि हाइड्रोपावरको ९.६४ प्रतिशतले बढेको छ।

यसैगरी कालिका पावर कम्पनीको ९.५०, हिमालयन ऊर्जा विकास कम्पनीको ९.४९ प्रतिशत, छ्याङ्दी हाइड्रो र कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको ९.२१ प्रतिशतले शेयरमूल्य बढेको छ।

विगत दुई सातायता उतारचढावकाबीच घट्दै गएको कारोबार भने आज पनि घटेको छ। बुधबार ५ अर्ब २८ करोड रुपैयाँको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको १ करोड ३० लाख कित्ता शेयर कारोबार भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved