मन्त्री छान्न माओवादी केन्द्रको स्थायी समिति बस्दै

मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ।

नेपालभ्युज

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी समिति बस्दै
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि बैठक बस्न लागेको बताइएको छ।

मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ।

सत्ताघटकबीच मन्त्रालय भागबण्डा र संख्यामा कुरा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन। सरकार बनेको तेस्रो महिनामा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा आलोचना बढ्दै गएको छ।

सत्ता गठबन्धन बैठकले सरकारलाई पूर्णता दिँदै गति दिने विषयमा छलफल गरिरहेको र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न खोजिरहेको समयमा माओवादीले पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको नाम टुंग्याउन बैठक राखेको बताइएको छ।

जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाएको माओवादीले गठबन्धनमा भएको सहमतिअनुसार ५ मन्त्री र एक राज्यमन्त्री पाउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved