सञ्चार सम्पर्कविहीन बन्यो दार्चुलाको त्रिदेशीय नाका

तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन। छांगरुमा राखिएको स्काई टावरले तिंकर गाउँमा काम गर्दैन। तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए।

नेपालभ्युज

सञ्चार सम्पर्कविहीन बन्यो दार्चुलाको त्रिदेशीय नाका

दार्चुला। सामरिक महत्व बोकेको दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ। व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो।

गत वर्षदेखि अवरुद्व बनेको नेपाल टेलिकमको स्काई फोनले काम नगर्दा स्थानीयबासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताए। गत वैशाख/जेठमा कुञ्चा सरेका स्थानीयबासीले फोन गर्न पाएका छैनन्। “छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ”, बोहराले भने, “भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ।”

भायनेट पनि सधँै नचल्दा समस्या हुने गरेको छ। कहिलेकाहीँ महिनाँै दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए। नेपाल टेलिकमको स्काई फोन चल्दैन। टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुई पटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयबासी बताउँछन्।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन। टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ।

तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन। छांगरुमा राखिएको स्काई टावरले तिंकर गाउँमा काम गर्दैन। तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए।

छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए। नियमित घाम नलाग्दा पावर बचत हुननसकेका कारण छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए।

मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन्। छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ। ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved