मेस्सीले पीएसजीमा खोले गोलको खाता, सिटी २-० ले पराजित

खेलको ७४ औँ मिनेटमा केलियन एमबाप्पेको पासलाई सदुपयोग गर्दै मेस्सीले पीएस्जीका लागि आफ्नो पहिलो गोल गरे।

नेपालभ्युज

मेस्सीले पीएसजीमा खोले गोलको खाता, सिटी २-० ले पराजित

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पुगेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले क्लबका लागि पहिलो गोल गरेका छन्। मेस्सीको गोलसँगै पीएसजीले इंग्लिस क्लब म्याचेस्टर सिटीलाई पराजित गरेको छ।

गएराति भएको च्याम्यिन्स लिग अन्तर्गत सिटीविरुद्धको खेलमा घरेलु मैदानमा पीएसजीले २-० गोल अन्तरको जित निकाल्यो। उसका लागि मेस्सी र इन्द्रिसा गुइएले गोल गरे।

पार्क डे प्रिन्सेसमा खेलको ७४ औँ मिनेटमा केलियन एमबाप्पेको पासलाई सदुपयोग गर्दै मेस्सीले पीएस्जीका लागि आफ्नो पहिलो गोल गरे। त्यसअघि गुइएले ८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

सिटीमाथिको जितसँगै पीएसजी च्याम्पियन्स लिगको समूह ए मा शीर्ष स्थानमा रहेको छ। २ खेलबाट ४ अंक जोडेको पीएसजी पहिलो र समान खेलबाट समान अंक जोडेको क्लब ब्रुग गोलअन्तरका कारण दोस्रो स्थानमा छ।

समान खेलबाट ३ अंक जोडेको सिटी तेस्रो स्थानमा रहँदा अंकविहीन आरबी लाइपजिग अन्तिममा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved