यामाहाको एमटी १५ बीएस ६ मोटरसाइकल सार्वजनिक

नेपालभ्युज

यामाहाको एमटी १५ बीएस ६ मोटरसाइकल सार्वजनिक
काठमाडौं। यामाहा नेपालले यामाहाको एमटी शृङ्खलाको नयाँ मोटरसाइकल बजारमा सार्वजनिक गरेको छ। कम्पनीले डार्क साइड अफ जापान भनेर पनि चिनिने उक्त शृङ्खलाको एमटी १५ बीएस ६ मोटरसाइकल यामाहा एक्सचेन्ज मेलामार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले एमटी शृङ्खलाको यात्रा सन् २००५ देखि एमटी ०१ बाट शुरु गरेकोमा बिक्रीमा सफलता हासिल गरेको छ। सहरी सडकलाई मध्यनजर गरी निर्माण गरिएको उक्त मोटरसाइकल युवाहरूको छनौटलाई ध्यानमा राखी निर्माण गरिएको छ। पावर र कम्प्याक्ट डिजाइनका कारण यो मोटरसाइकल उत्कृष्ट मानिन्छ।
नयाँ शृङ्खलामा एफआई इनजीन, एबीएस, सहायक स्लिपर क्लच, भीभीए, १४० एमएम रेडियल पछाडिको टायर लगायत जडान गरिएको छ। यस मोटरसाइकलका लागि कम्पनीले यसअघि नै अग्रिम बुकिङ खुला गरेकोमा अग्रिम बुकिङ गर्ने १८० जनालाई सार्वजनिक गरिएकै दिनमा डेलिभर पनि गरिएको कम्पनीले जनाएको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नयाँ मोटरसाइकल युवाहरूले एकदमै मन पराएकोमा एक्सचेन्ज मेलामार्फत बजारमा उतारिएको जानकारी दिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved