डिशहोम पर्वोत्सव अफर,  नयाँ चार उपभोक्तालाई स्पेन घुम्ने अवसर

नेपाल भ्यूज

डिशहोम पर्वोत्सव अफर,  नयाँ चार उपभोक्तालाई स्पेन घुम्ने अवसर
काठमाडौँ। डिश मिडिया नेटवर्कले दशैं, तिहार र छठ जस्ता चाडबाडको अवसरमा “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना ल्याएको छ। कम्पनीले डिशहोमका नयाँ चार उपभोक्तालाई स्पेन घुमाउन लैजाने अफर ल्याएको हो।
यो योजना सोमबारदेखि प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडान गर्ने उपभोक्तामा लागू हुनेछ। यसै गरी ती ग्राहकले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा सिजन स्टेडियममा गएर प्रत्यक्ष रुपमा हेर्न पाउनेछन्।
स्पेन जाने चार भाग्यशाली विजेताको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमका अन्य च्यानलहरुमार्फत् हुनेछ ।
यो योजना चाडबाडको अवसरमा केही समयका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved