१० बुँदे कार्यान्वयन गर्न नीतिगत व्यवस्था गर्नेबारे छलफल 

नेपालभ्युज

१० बुँदे कार्यान्वयन गर्न नीतिगत व्यवस्था गर्नेबारे छलफल 
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे कार्यान्वयन गर्ने बारे गठित कार्यदलको बैठकले समस्या समाधानका विभिन्न विकल्पबारे छलफल गरेको छ। पार्टी कार्यालय थापाथलीमा बसेको बैठकमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको हो ।

जहाँ समस्या उत्पन्न भएका छन् त्यहाँ समस्या समाधान गर्नका लागि छलफल भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए। ‘‘कार्यान्वयनमा देखिएका समाधानको लागि संरचनागत उपायका बारेमा छलफल गर्‍यो। विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र देखिएको १० बुँदे व्यवस्थाका बारेमा नीतिगत व्यवस्था गरेर समाधान गर्ने कुरा गरेका छौँ’’ रावलले भने।

१० बुँदे कार्यान्वयन नभएको भन्दै रावललगायत १० नेताहरूले एमालेको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्टि पोखेका थिए। सोमबारको स्थायी कमिटीको बैठकमा बैठकले रावललाई नै संयोजक तोकेको थियो । यसअघि नै गठन भएको कार्यदलमा शंकर पोखरेललाई थप गरेर ७ सदस्यीय बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved