वर्षाका कारण आज पनि ईपीएलका खेल रद्द

नेपालभ्युज

वर्षाका कारण आज पनि ईपीएलका खेल रद्द

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आजको खेल पनि रद्द गरिएको छ। आज काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको आयोजकले जनाएको छ।

अघिल्लो दिनको वर्षाले आउट फिल्ड वर्षाले भिजेपछि आजको खेल पनि रद्द भएको हो। नयाँ खेल तालिका निकालेर रोकिएका खेलहरू पुनः सञ्चालन गरिने आयोजकले जनाएको छ।

हिजो पनि वर्षाले दुई खेल रद्द भएका थिए। दुई घण्टासम्म अन्योलमै रहेको  काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान नसुकेपछि रद्द भएको थियो। दुवै समूहका खेलाडी मैदानमा प्रवेश गरी अभ्यास गर्न थालिसकेको अवस्थामा मैदान नसुकेपछि अन्तिम समयमा खेल रद्द भएको हो।

ईपीएलको उद्घाटनका दुई खेलका नतिजा आएका दिए भने त्यसपछिका चार ओटा वर्षाले प्रभावित भइसकेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved