काठमाडौंको बैठक छलेर जनकपुरमा उपेन्द्र यादव

जनकपुर पुग्नुअघि काठमाडौंमै जसपा अध्यक्ष यादवले सञ्चारकर्मीमाझ अध्यादेश फिर्ता भएपछि मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी हुने बताएका थिए। यादवले मन्त्रालय बाँडफाँटको विषयमा छलफल नभएको पनि बताएका थिए। 

काठमाडौंको बैठक छलेर जनकपुरमा उपेन्द्र यादव

काठमाडौं। दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नलिए सरकारमा नजाने अडानमा बसेका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव तीन दिनयता जनकपुरमा छन्। उनी पार्टी बैठकका व्यस्त छन्।

सतारुढ गठबन्धनमा अध्यादेश फिर्ताको विषय पेचिलो बनेपछि यादव काठमाडौंको छलफल र बैठक छाडेर जनकपुर पुगेका थिए। तर उक्त अध्यादेश सोमबार साँझ सरकारको सिफारिसमा फिर्ता भए पनि यादव काठमाडौं आइपुगेका छैनन्।

बरु उनले मंगलबार जनकपुरमा जसपा प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक राखेका छन्। यो बैठक पूर्वनिर्धारित थिएन। आइतबार जनकपुरमा बसेको मधेश प्रदेश समितिको बैठकमा सहभागी हुन यादव जनकपुर गएका थिए।

त्यसपछि पनि उनले सोमबार महोत्तरीमा पार्टी नेता कार्यकर्तालाई राखेर बैठक गरेका थिए भने मंगलबार पार्टीका प्रदेश २ बाट प्रतिनिधत्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई जनकपुरमा डाकेका हुन्।

सोमबार दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन्। तर यादव काठमाडौंमा नभएर जनकपुरमा पार्टीका बैठकहरूमा केन्द्रित छन्। आइतबार जसपाको मधेश प्रदेश समितिको बैठक पुनः बस्नेगरी सकिएको थियो। उक्त बैठक भोलि (बुधबार) राखिएको एक नेताले बताए।

पार्टीको संगठनबारे छलफल गर्न जनकपुरमा प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक बसेको जसपा नेता राजकिशोर यादवले नेपाल भ्यूजलाई बताए। गत आइतबार नै जनकपुर पुग्नुअघि काठमाडौंमै जसपा अध्यक्ष यादवले सञ्चारकर्मीमाझ अध्यादेश फिर्ता भएपछि मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी हुने बताएका थिए। यादवले मन्त्रालय बाँडफाँटको विषयमा छलफल नभएको पनि जानकारी दिएका थिए।

मन्त्रालय टुंगो लगाउने विषयमा जसपाको खासगरी काग्रेससँग असन्तुष्टि भएकाले उसले अध्यादेश फिर्ता लिन अडान कसेको स्रोत बताउँछ। यादवनिकट एक नेता भन्छन्, “निर्वाचन नजिकिएका बेला राम्रा मन्त्रालय नपाए सरकार बाहिर बस्नैमा फाइदा हुन्छ।”

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved