उपचारका लागि थाइल्याण्ड जाँदै वर्षमान पुन

पुनलाई केही वर्षयता जण्डिसको समस्या रहेको छ। चार वर्ष पहिले पनि उनको जण्डिसको उपचार गरिएको थियो।

नेपालभ्युज

उपचारका लागि थाइल्याण्ड जाँदै वर्षमान पुन
फाइत तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान बुधबार थाइल्याण्ड जाने भएका छन्। पुन उपचारका लागि भोलि बुधबार थाइल्याण्डको बैंकक जान लागेका हुन्।

केही समययता बिरामी परेका पुन अहिले नेपालमै उपचाररत छन्। सुमेरु अस्पतालमा उपचाररत रहेका पुनलाई थप उपचारका लागि बैंकक लैजान लागिएको पारिवारिक स्रोतले बताएको छ।

पुनलाई केही वर्षयता जण्डिसको समस्या रहेको छ। चार वर्ष पहिले पनि उनको जण्डिसको उपचार गरिएको थियो। केही दिनयता अस्वाभाविक रुपमा जण्डिसको मात्रा बढेपछि उनलाई बैंकक लैजान लागिएको हो।

यसअघि पनि उनी उपचारका लागि थाइल्याण्ड गएका थिए। निमोनिया भएपछि उनी उपचारका लागि त्यता गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved