जितेन्द्र सोनल बने लोसपा प्रदेश दुई संसदीय दलको नेता

लोसपाको प्रदेश दुुईमा १६ जना सासंद छन् । जसमध्ये सोनलको पक्षमा ९ र महतोको पक्षको ६ मत आएको छ। एक मत भने बदर भएको थियो ।

नेपालभ्युज

जितेन्द्र सोनल बने लोसपा प्रदेश दुई संसदीय दलको नेता

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश दुुईको संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार राति जनकपुरमा मतदान प्रक्रियाबाट सोनल प्रदेश दुुईको लोसपा संसदीय दलको नेतामा चयन भएका हुन्।

सोनलले अर्का प्रत्यासी उपेन्द्र महतोलाई हराउँदै दलको नेतामा निर्वाचित भएका लोसपा पार्टी कार्यालयले जनाएको छ ।

लोसपाको प्रदेश दुुईमा १६ जना सासंद छन् । जसमध्ये सोनलको पक्षमा ९ र महतोको पक्षको ६ मत आएको छ। एक मत भने बदर भएको थियो ।

सोमबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित नेताको उपस्थितिमा बसेको बैठकले प्रदेश दुुईको दलको विधान पनि पारित गरेको थियो ।

विधान पारित भएलगत्तै दलको नेतामा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत दलको नेता चयन गरिएको हो ।

सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्रदेश सरकारमा पनि सहभागी थिए ।

उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले उनलाई सरकारबाट हटाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved