ईपीएल क्रिकेट : पोखरा र काठमाडौं भिड्दै

काठमाडौंको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन्। यस्तै पोखराको नेतृत्व विनोद भण्डारीले गरिरहेका छन्।

नेपालभ्युज

ईपीएल क्रिकेट : पोखरा र काठमाडौं भिड्दै

काठमाडौं। एभरेष्ट प्रिमियर लिग, ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्दैछन्। चौंथो संस्करणको ईपीएल अन्तर्गत आजको खेलमा पोखरा र काठमाडौं भिड्न लागेका हुन्।

दोस्रो जितको खोजीमा रहेको काठमाडौं र पहिलो जितको खोजीमा रहेको पोखराबीच त्रिवि क्रिकेट मध्यान्न सवा १२ बजे खेल शुरु हुनेछ।

काठमाडौंको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन्। यस्तै पोखराको नेतृत्व विनोद भण्डारीले गरिरहेका छन्।

ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ईपीएलको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved