‘बजेट सटडाउन’को पूर्वसन्ध्यामा अमेरिका

अमेरिकाको दुवै सदनलाई सानो संख्याले नियन्त्रण गर्ने डमोक्र्याटसँग अब उक्त ऋण बजेट पास गर्ने अर्को तरिका खोज्न तीन दिन मात्र बाँकी छ। आगामी बिहीबारदेखि चालु बजेट खर्चको समयसीमा सकिँदैछ।

नेपालभ्युज

‘बजेट सटडाउन’को पूर्वसन्ध्यामा अमेरिका

एजेन्सी। तीव्र रुपमा विभाजित रहेको अमेरिकी सिनेटले सोमबार संघीय ऋणको सिलिङलाई सिनेटबाट पारित गर्न नसक्दा आंशिक रुपमा ‘बजेट सटडाउन’को अवस्था आउन सक्ने बताइएको छ। रिपब्लिकन सिनेटरहरुले ऋण सिलिङ पास गर्न आवश्यक सहयोग नगर्दा ‘बजेट सटडाउन’को अवस्था आउन सक्ने बताइएको हो।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको डेमोक्र्याट सरकारले ऋण सिलिङ पास गर्नुपर्ने अन्तिम सीमाअघि नै पास गर्ने लक्ष्य लिएको थियो। समस्याको सम्बोधन नहुँदा कोभिड-१९ महामारीमाझ अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्ने अनुमानबीच सरकारले आफ्नो प्रस्ताव पास गर्ने प्रयास गरेको थियो।

अमेरिकाको दुवै सदनलाई सानो संख्याले नियन्त्रण गर्ने डमोक्र्याटसँग अब उक्त ऋण बजेट पास गर्ने अर्को तरिका खोज्न तीन दिन मात्र बाँकी छ। आगामी बिहीबारदेखि चालु बजेट खर्चको समयसीमा सकिँदैछ।

रिपब्लिकन पार्टीका सिनेटर रिर्चाड सेलबाईले सिनेटरहरुले यो समस्यालाई छिट्टै समाधान नगर्ने बताएका छन्। ‘सम्भवत हामी बिहीबार पनि यही विषयमा छलफल गर्ने छौँ।’ उनले पत्रकारसँग भनेका छन्।

विध्यमान अवस्थाको सामना गर्न सिनेटरहरुले ऋण सिलिङका विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गर्नुपर्ने बताइएको छ। अमेरिकाका स्वतन्त्र विश्लेषकहरुले त्यहाँको वित्तीय मन्त्रालयले आगामी १५ अक्टोबरदेखि ४ नोभेम्बरसम्म सापट बजेटलाई पूर्ण रुपमा उपयोग गरिसकेको हुनेछ।

एक सिनेटरले ऋण बजेट पास नभएको अवस्थामा अमेरिकाको अर्थतन्त्रलाई निकै प्रभाव पर्ने हुँदा डेमोक्र्याटहरुले सरकारलाई ‘बजेट सटडाउन’ हुनबाट रोक्न यही हप्ता केही प्रभावकारी कदम चाल्ने बताएका छन्। तर, उनले कस्तो कदम भन्ने विषयमा भने केही जनकारी दिएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved