माल्दिभ्स पुग्यो साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली

१ अक्टोबरदेखि १६ (१५ असोजदेखि ३० गते)सम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो ।

नेपालभ्युज

माल्दिभ्स पुग्यो साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ। कतारमा अभ्यास गरेपछि नेपाली टोली माल्दिभ्स पुगेको हो। साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम त्यहाँ पुगेको हो। साफको तयारीका लागि नेपाली टोलीले कतारमा अभ्यास गरेको थियो।

नेपाली टिमले कतारमा अभ्यास सँगसँगै वरीयतामा निकै माथिको टिम ओमानसँग मैत्रीपूर्ण खेलसमेत खेलेको थियो। जुन खेल नेपालले ७-२ गोलअन्तरले गुमाएको थियो।

१ अक्टोबरदेखि १६ (१५ असोजदेखि ३० गते) सम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो ।

आयोजक माल्दिभ्ससँग खेल्दै नेपालले साफको शुरुआत गर्नेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी २३ सदस्यीय टिम लिएर प्रतियोगितामा सहभागी हुन पुगेका छन्।

नेपालले १ अक्टोबर (१५ असोज)मा माल्दिभ्ससँग, ४ अक्टोबर (१८ असोज)मा श्रीलंकासँग, १० अक्टोबर (२४ असोज)मा र अन्तिम खेलमा १३ अक्टोबर (२७ असोज)मा भारतसँग खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। उपाधि भिडन्त १६ अक्टोबर (३० असोज) मा हुनेछ।

*तस्वीरहरु Adhadhu Sports काे फेसबुक पेजबाट लिइएकाे हाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved