१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल

नेपालभ्युज

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल
फाइल तस्वीर

नेकपा एमालेले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न भन्दै कार्यदलको संयोजक भीम रावललाई तोकेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले रावललाई संयोजक तोकिएको छ ।

शंकर पोखरेललाई कार्यदलमा थपिएको छ । ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए । १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि नेताहरु एमालेमै बसेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved