नेप्सेमा ७३ दशमलव ०५ अंकको गिरावट, दुई कम्पनीको पोजेटिभ सर्किट

नेपालभ्युज

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार उच्च अंकको गिरावट भएको छ।  सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलव ४२ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलव ४८ विन्दुमा थामिएको थियो।
त्यस्तै, सोमबार ५ अर्ब १२ करोड बराबरको कारोबार भएको छ। आइतबार नेप्सेमा ६ अर्ब ५० करोड बराबरको कारोबार भएको थियो। सोमबार कारोबार भएका सबै समूह राताम्मे भएका छन्।
सोमबार कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ। सोमबार यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved