भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन्। एक व्यक्तिलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाइड एवं कर्मचारीले काम पाउनेछन्।

नेपालभ्युज

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने
फाइल तस्वीर

काठमाडौं। जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा लागेका जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो।

आइतबार भोटेकोशीबाट शुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)जनाएको छ।

उक्त कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन्। एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाइड एवं कर्मचारीले काम पाउनेछन्। उनीहरुले काम गरेबापत परियोजनाले दैनिक एक हजार रुपैयाँ प्रदान गर्नेछ।

नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved