ईपीएल क्रिकेट : रोकिए सोमबारका दुवै खेल

आजको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबीच र दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने तालिका थियो।

नेपालभ्युज

ईपीएल क्रिकेट : रोकिए सोमबारका दुवै खेल

काठमाडौं। कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटअन्तर्गत आजका लागि तय भएका खेलहरु रोकिएका छन्। खेलका लागि मैदान तयार नभएपछि खेल स्थगित भएका हुन्।

आइतबार परेको झरीका कारण मैदान भिजेको र सोमबारसम्म पनि नसुकेकाले खेल स्थगित भएको हो।

आजको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबीच र दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने तालिका थियो।

निर्धारित समयभन्दा दुई घण्टासम्म अन्योलमै रहेको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान नसुखेपछि रद्द भएको हो। दुवै समूहका खेलाडी मैदानमा प्रवेश गरी अभ्यास गर्न थालिसकेको अवस्थामा मैदान नसुकेपछि अन्तिम समयमा खेल रद्द भएको हो।

योसँगैं पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी ईपीएलबाट बिदा भएका छन्। अफ्रिदी ईपीएलमा दुई वटा मात्रै खेल खेल्न काठमाडौं आएका थिए।

क्रिकेटप्रेमी तथा अफ्रिदीका फ्यानहरूले यसपटक काठमाडौंमा अफ्रिदीको ब्याटिङ हेर्न पाएनन्। काठमाडौंको तर्फबाट यसअघि ललितपुरविरुद्ध खेलेका उनको ब्याटिङको पालो आएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved