साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमको घोषणा 

नेपाल भ्युज

साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
नेपालको २३ सदस्यीय टिम ।फोटो – एन्फा
काठमाडौं। साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल असोज १५ देखि मालदिभ्स आयोजना हुँदैछ।  प्रतियोगिताका लागि नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबार २३ सदस्यीय टिमको घोषण गरेका छन्।
साफ च्याम्पियनसिपको तयारीको रुपमा नेपाल थप प्रशिक्षण लागि हाल कतारमा छ। कतारमा रहेको २५ जना खेलाडी मध्ये गोलकिपर बिकेश कुथु र डिफेन्डर राजन गुरुङ यो २३ सदस्यीय टिममा परेनन्।
साफ च्याम्पियनसिपको आफ्नो तयारी मापन गर्न नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग घरेलु मैदानमा २ मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रङ्गशालामा खेलिएको पहिलो खेलमा भारतसँग १–१ गालको बराबरीको खेल खेलेको नेपाल दोस्रो खेलमा २–१ ले पराजित भएको थियो।
सन् २०२० मा पाकिस्तानमा हुनुपर्ने यो च्याम्पियनसिप कोभिडका कारण यो वर्षको लागि मालदिभ्स सरेको थियो।  अहिले सम्म साफ च्याम्पियनसिपमा फाइनलसम्म पनि नपुगेको नेपालको यो पटक उपाधि नै जित्ने लक्ष्य रहेको छ। यो च्याम्पियनसिपमा दक्षिण एसियाका नेपाल र आयोजक मालदिभ्स सँगै भारत, बङ्लादेश र श्रीलङ्का गरी ५ टिम सहभागी छन्।
पाकिस्तानको फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था फिफाले प्रतिबन्ध लगाएको छ भने भुटानी फुटबल टिमलाई विदेश भ्रमणको लागि सरकारले अनुमति दिएको छैन। ५ टिम मात्र भएका कारण प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा हुनेछ। जसमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन। यसपछि शीर्ष २ टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछन।

नेपालको २३ सदस्यीय टिमको नामावली यस्तो छ

किरण चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की, अन्जन विष्ट, अनन्त तामाङ, आशिष् लामा, विशाल राई, आयुष घलान, दिनेश राजवंशी, कमल थाया, गौतम श्रेष्ठ, मनिष डाँगी, नितिन थापा, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुमन अर्याल, सुजल श्रेष्ठ, सुमन लामा, तेज तामाङ, सुरज ठकुरी र सुनिल बल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved