महावीर पुनको घोषणा : बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार 

अन्नबाली पाक्ने समयमा बाँदरले दिने दु:खका कारण किसानहरुले वर्षेनी ठूलो क्षति ब्यहाेर्नु परेको छ भने खेती रुंग्न खेतमै पहरा दिनुपर्ने स्थिति छ। 

नेपालभ्युज

महावीर पुनको घोषणा : बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार 

काठमाडौं। राष्ट्रिय आविस्कार केन्द्र चलाएका महावीर पुनले बाँदर धपाउने यन्त्र बनाउनलेलाई १० लाख पुरस्कार दिने घोषणा गरेका छन्। आज सामाजिक सञ्जालमार्फत् उनले बाँदर धपाउन प्रभावकारी उपकरण बनाए बापत् केन्द्रले पुरस्कृत गर्ने बताए।

उनका अनुसार यस्तो उपकरण निर्माणपश्चात् उक्त उत्पादनको बौद्धिक सम्पत्तिको अधिकार अनुसन्धानकर्तामै हुनेछ।

किसानले खरीद गर्न सक्ने सस्तो मूल्यमा यस्तो उपकरण नबनेकाले निर्माणकर्ताले करोडौं कमाउने सक्ने उनी बताउँछन्।

अन्नबाली पाक्ने समयमा बाँदरले दिने दु:खका कारण किसानहरुले वर्षेनी ठूलो क्षति ब्यहाेर्नु परेको छ भने खेती रुंग्न खेतमै पहरा दिनुपर्ने स्थिति छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved