२४ घण्टामा थपिए ९५३ संक्रमित

संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ।

२४ घण्टामा थपिए ९५३ संक्रमित
पछिल्लो २४ घण्टामा एक हजार ३७१ ले संक्रमण जितेसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेकाे सङ्ख्या सात लाख ५९ हजार ८७५ पुगेको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ।
हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसीयू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेशन, एक हजार ३६० संस्थागत आइसोलेशन र २३७ क्वारेन्टिनमा छन्।
पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन्। अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved