बालकको मृत्युपछि अस्पताल तोडफोड

११ महिनाका कृजन खड्काको उपचारमा लापरबाही भएको कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल तोडफोड  गरेका हुन्।

नेपाल भ्युज

बालकको मृत्युपछि अस्पताल तोडफोड
दमक। अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तले झापाको एडभान्स अस्पताल तोडफोड गरेका छन्।
कमल गाउँपालिका १ का ११ महीनाका कृजन खड्काको उपचारमा लापरबाही भएकोले उनको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल तोडफोड  गरेका हुन्। तोडफोडमा संलग्न १० जनाभन्दा बढी प्रहरीको नियन्त्रणमा छन्। बालकलाई शुक्रबार दिउँसो अस्पताल लगिएको थियो।
अस्पतालमा परीक्षणपछि बालकमा कोरोना पोजेटिभ देखिएको आफन्तले बताए। अस्पतालमा अरू पनि बालबालिका उपचाररत रहेकाले उनीहरूलाई कोरोना सर्ने खतरा रहेको भन्दै अस्पतालका डा अनिल थापाले कृजनलाई घरै पठाइदिएका आफन्तको आरोप छ। साथमा कोरोनाविरुद्ध भन्दै दुई वटा भ्याक्सिनसमेत घरै पठाइएको मृतक बालकका काका सरोज खड्काले बताए।
आफन्तका अनुसार अस्पतालले बालकलाई फर्काएपछि स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहायतमा खोप लगाइएको थियो। भ्याक्सिन लगाएलगत्तै बालकको अवस्था झनै गम्भीर भएको थियो। त्यसपछि साँझ बालकलाई फेरि त्यही अस्पताल लगिएको थियो।
अस्पताल पुगेको केहीबेरमै बालकको मृत्यु भएको थियो। गम्भीर अवस्थाका बालकलाई उपचार नगरी भ्याक्सिन दिएर घर फर्काइएकाले उनको मृत्यु भएको आक्रोशित आफन्तले आरोप लगाएका छन्।
बालकको मृत्युपछि अस्पताल प्रशासनसँग छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved