एमालेको केन्द्रीय कमिटी बैठक जारी, यी हुन् एजेण्डा

बैठकमा आज विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुने कार्यतालिका छ।

नेपालभ्युज

एमालेको केन्द्रीय कमिटी बैठक जारी, यी हुन् एजेण्डा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा विधान महाधिवेशनमा केन्द्रित भएर छलफल भइरहेको छ।

बैठकमा आज विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुने कार्यतालिका छ। स्थायी समितिबाट पास भएको विधान संशोधन प्रस्तावसहितका तीन प्रतिवेदन बैठकले पास गर्नेछ।

तीनवटै प्रतिवेदनमाथि १० वटा समूहमा समूहगत रुपमा छलफल भएको थियो। तिनै छलफलको निष्कर्ष समेटेर बैठकले तीनवटै प्रस्ताव पारित गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। यस्तै, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved