वामदेव गौतमको राजीनामा अस्वीकृत

  शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गौतमको राजीनामा अस्वीकार गरेको हो ।

नेपालभ्युज

वामदेव गौतमको राजीनामा अस्वीकृत
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत भएको छ।  शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गौतमको राजीनामा अस्वीकार गरेको हो।
आफू पार्टीमा रहन नसक्ने भन्दै उनले राजीनामा दिएका थिए। नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेलगतै गौतमले एमाले परित्याग गरेको घोषणा गरेका थिए। उनले सदस्यताबाट राजीनामा दिएका थिए।
तर, गौतमले राजीनामा दिए पनि एमालेले यसलाई अस्वीकार गरेको छ। गौतम पछिल्लो समय कुनै पनि  दलमा संलग्न छैनन्। यसअघि एमालेमा विवाद हुँदा एकता अभियान चलाएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved