समाज कल्याण परिषद्का पदाधिकारीले दिए राजीनामा

वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप उनीहरूको छ।

नेपाल भ्युज

समाज कल्याण परिषद्का पदाधिकारीले दिए राजीनामा

काठमाडौं। सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रुपमा दबाब दिएको भन्दै समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन्।

शुक्रबार परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्यसचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन्।

वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप उनीहरूको छ। उपाध्यक्ष खतिवडाले संस्थामा कार्यकर्ता भर्ती गर्न राजनीतिक पूर्वाग्रहका आधारमा बर्षौदेखि कार्यरत कर्मचारीलाई हाजिर नगराउन दवाव आएको बताए। उनले परिषद्का पदाधिकारीले अवाञ्छित दवावलाई स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्री समक्ष सामूहिक राजीनामा पेश गरेको जानकारी दिए।

त्यस्तै, सदस्यसचिव खातीले सामाजिक संस्थामा राजनीति गर्न नहुने बताउँदै आफूहरूले १४ महीना संस्थालाई राजनीति मुक्त राखेको दावी गरे। सरकारले संस्थालाई अघि बढ्न निकास नदिएकाले आफूहरू बाहिरिएको उनकाे भनाइ छ।

उपाध्यक्ष खतिवडासहितको परिषद्का पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले मनोनित गरेको थियो। परिषद्को अध्यक्ष भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved