नयाँ दिल्लीमा अदालतभित्रै गाेली हानाहान, ४ जनाको मृत्यु

नेपाल भ्युज

नयाँ दिल्लीमा अदालतभित्रै गाेली हानाहान, ४ जनाको मृत्यु

एजेन्सी। भारतको नयाँ दिल्लीस्थित रोहिनी अदालतभित्रै गाेली हानाहान हुँदा ४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान अपराधिक दुई समूहबीचको झडपमा अपराधको क्षेत्रमा कुख्यात जितेन्द्र गोगीसहित ४ को मृत्यु भएको हो।

गोगीलाई प्रहरीले २ वर्षअघि पक्राउ गरी तिहाड जेलमा राखेको थियो। शुक्रबार अदालतमा पेश गर्ने क्रममा अदालत परिसरमा टिल्लू समूहले गोली चलाएको थियो। गोली लागेर गोगीको घटनास्थलमै मृत्यु भएकोमा प्रहरीले हिंसा राेक्न जवाफी प्रहार गरेको थियाे। जवाफी प्रहारमा उक्त समूहका तीन जना मारिएकाे भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन्।

दिल्ली प्रहरीकाअनुसार गाेली प्रहार गर्ने टिल्लू समूहका ती व्यक्ति वकिल बनेर अदालतमा प्रवेश गरेको थिए।

गोगी र उक्त समूहबीच पुरानो दुश्मनी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved