यी हुन् एमालेसँग प्रभु साहका आठ माग

साहले आफूले नेकपाकै निरन्तरताको पक्षमा रहेको भन्दै नेकपाको निरन्तरता भएको अवस्थामा मात्रै पार्टीमा रहने बताएका छन्। उनले आफ्ना माग पूरा नभए एमालेमा रहन नसक्ने पनि प्रष्ट पारेका छन्।

नेपालभ्युज

यी हुन् एमालेसँग प्रभु साहका आठ माग
फाइल तस्वीर

काठमाडौं। पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेमा रहनका लागि आफ्नो आठ बुँदे माग समार्वजनिक गरेका छन्। आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा रहेका साहले मागपत्र सार्वजनिक गरेका हुन्।

उनी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र दुवै पार्टीको कार्यक्रममा उपस्थित नभए पनि विभिन्न राजनीतिका कार्यक्रममा भने सहभागी भइरहेका छन्।

विभिन्न मञ्चबाट एमालेको प्रतिनिधित्व गर्दै पूर्वपार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डविरुद्ध आगो ओकलेका साह पछिल्ले समय एमालेका कार्यक्रम तथा बैठकमा देखिएका छैनन्।

साहले आफूले नेकपाकै निरन्तरताको पक्षमा रहेको भन्दै नेकपाको निरन्तरता भएको अवस्थामा मात्रै पार्टीमा रहने बताएका छन्। उनले आफ्ना माग पूरा नभए एमालेमा रहन नसक्ने पनि प्रष्ट पारेका छन्।

साहले सार्वजनिक गरेका मागहरु

१. सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्यूँताए पनि हामीले नेकपा एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्ने।

२, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्ने।

३. वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवको आधारमा देखिएका त्रुटिहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने।

४. नेकपा (एमाले) को वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्ने अर्थात माओवादीको पूर्व पदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिट ब्यूरोमा, पोलिट ब्यूरो सदस्यहरुलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरीयताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरीयताक्रम निर्धारण गर्ने।

५. पार्टी संगठन, जवस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्म अनुरुप माओवादी पक्षका कमरेडहरुलाई सम्मानजनक सहभागी गराउने।

६. पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्ने।

७. प्रदेश नं. २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्यविभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने।

८. आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्ने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved