कस्तो रहन्छ आगामी तीन दिनको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

नेपाल भ्युज

कस्तो रहन्छ आगामी तीन दिनको मौसम?
default

काठमाडौं। अहिले देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भोलि शनिबार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार १० असोज आइतबार पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved