दशैंमा अग्रिम टिकट बुकिङ ११ गतेबाट खुल्ने 

राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको छ। अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्था छ।

नेपालभ्युज

दशैंमा अग्रिम टिकट बुकिङ ११ गतेबाट खुल्ने 
फाइल तस्वीर
यसपालिको दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि असोज ११ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि मिति तय भएको हो।
असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।
राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको छ।
अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्था छ।
यातायात महासंघले भने भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved