एनआरएनए अध्यक्षमा थापाको दाबी

नेपालभ्युज

एनआरएनए अध्यक्षमा थापाको दाबी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्षसमेत रहेकी उनले बिहीबार पत्रकार सम्मेलनमार्फत नेतृत्वमा आफ्नो दावी पेश गरेकी हुन्।

एनआरएनए र महिला नेतृत्वलाई शसक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन्। दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि बेलायतका कुल आचार्य र रुसका डा. बद्री केसी पनि उम्मेदवारी दिने तयारीमा छन्।

यही १५ गतेपछि उम्मेदवारीको औपचारिक घोषणा गर्ने केसीले बताए। “यसअघि महत्वपूर्ण जिम्मेवारीमा रहेकाले यसपटक मेरो दाबी अध्यक्षमा हुनेछ, यसको औपचारिक घोषणा केही दिनमा हुनेछ”, उनले नेपालभ्यूजसँग भने।

अहिलेको कार्यसमितिमा उपाध्यक्ष रहेका केसी दुई पटक महासचिव र कोषाध्यक्ष थिए। आचार्य नवौं महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए। अध्यक्षकी दावेदार थापा नवौं महाधिवेशनमार्फत आचार्य समूहबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

आचार्य र थापा कांग्रेस निकट हुन् केसी नेकपा एमाले निकटका उम्मेदवारका रुपमा महाधिवेशनको माहोल बनाउन जुटेका छन्। बिहीबारको कार्यक्रममार्फत उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved