बिहीबार १ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपाल भ्युज

बिहीबार १ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन्। १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्। हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन्।

जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन्।

यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन्।

नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ। कोभिड–१९ को संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved