२०७७ को मदन पुरस्कार इङ्नामलाई, थापालाई जगदम्बाश्री

पुरस्कृत स्रष्टाले चार/चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नेपालभ्युज

२०७७ को मदन पुरस्कार इङ्नामलाई, थापालाई जगदम्बाश्री

काठमाडाैं। २०७७ सालको मदन पुरस्कार भागिराज इङ्नामलाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको साधारण सभा बैठकले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’का लेखक इङ्नामलाई प्रदान गर्ने निर्णय गरेको हो।

नेपाली इतिहासको प्राथमिक सामग्रीको संकलन र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएकाले इङ्नामलाई सो पुरस्कार दिने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।

यसैगरी जगदम्बाश्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई दिने निर्णय गरिएको जानकारी उनले दिए।

गुठीले गत साउन १५ गते प्राप्त २२२ पुस्तकबाट एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज गरी ९ पुस्तकको सूची सार्वजनिक गरेको थियो।

पुरस्कृत स्रष्टाले चार/चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved