यस्तो छ नेकपा (एसको) सांगठनिक संरचना

पार्टीमा पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन्। यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ। पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ। 

नेपालभ्युज

यस्तो छ नेकपा (एसको) सांगठनिक संरचना

नेकपा (एकीकृत समाजवादी)ले पहिलो केन्द्रीय कमिटी बैठकमार्फत पार्टीको सांगठनिक संरचनालाई मूर्तरूप दिएको छ। पार्टीमा पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन्।

यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ। पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ।  पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन हुने सचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

 

बैठकपछि जारी प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी) का अध्यक्ष क.माधबकमार नेपालको अध्यक्षतामा बसेको प्रथम केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भयो।

२०७८ असोज ५ गतेदेखि आज ७ गतेसम्म काठमाडौंको नयाँ बानेश्वरमा आयोजित उक्त बैठकले निम्नानुसारका निर्णयहरू गरेको छ।

१, कार्य विभाजन

पदाधिकारी

अध्यक्ष, – क. माधवकुमार नेपाल
वरिष्ठ नेता– क.झलनाझ खनाल

नेता –क. .मुकुन्द न्यौपाने
–क. राजेन्द्र पाण्डे

उपाध्यक्ष – क. प्रमेश हमाल
क. घनेन्द्र बस्नेत
क.केदार न्यौपाने
क. केशवलाल श्रेष्ठ
क. धर्मनाथप्रसाद साह
क. जयन्ती राई

महासचिव– क. डा वेदराम भुसाल
उपमहासचिव – क. प्रकाश ज्वाला
क. डा. गंगालाल तुलाधर
डा. विजय पौडेल

सचिव – क. नागेन्द्रप्रसाद चौधरी
क. जगन्नाथ खतिवडा
क. राजेन्द्रकुमार राई
क. रामकुमारी झाँक्री

       स्थायी कमिटी
३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ।

 पेलिटव्युरो

७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको छ

केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको छ ।

सम्पूर्ण प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारी प्रदान गरिएको छ।

केन्द्रीय कमिटीबाहेकका सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ।

महिला तथा युवा सहभागिताका सन्दर्भमा पार्टीका सम्पूर्ण तहका कमिटीमा एक तिहाई पुर्‍याउने कुरालाई उच्च प्राथमिकता दिने ।

बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको छ।

 

त्यस अन्तर्गत निम्न कार्य गरिने छ।

नेपाली कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी
प्रवृत्तिको भण्डाफोर गर्ने।

पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरूको प्रचारप्रसार गर्ने। कम्युनिस्ट आन्दोलनका उपलब्धिमूलक विधि र परम्पराहरूको पुनर्जागरण गर्ने।

तीन महिनाभित्र देशका सबै स्थानीय तहका बडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ। साथै, विभिन्न तहका कमिटीहरूको गठन, पुनर्गठन, बिस्तार, रूपान्तरण, सदस्यता वितरण तथा भेला, बैठक एवं छलफलहरूको आयोजना गरिने छ।

केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको छ।

उक्त केन्द्रीय परिषद् प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय
हुनेछ।

आयोग, विभागहरू तथा सल्लाहकार
पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन्। ती आयोगहरू बढीमा ३५ सदस्यीय गठन गरिने छ।

पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरू बढीमा २५ सदस्यीय हुने छन्।

केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय गठन गरिनेछ।

ज्येष्ठ कम्युनिस्ट मञ्च १५१ सदस्यीय गठन गरिने छ।

बैठकले समसामयिक प्रस्तावहरू पारित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved