एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी

महासचिवमा डा. बेदुराम भुसाल

एकीकृत समाजवादीले एक महिलासहित चार उपाध्यक्ष, तीन उपमहासचिव तथा चार जना सचिवको नाममा सहमति जुटाएको हो।

नेपालभ्युज

एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय समितिमा रहने पदाधिकारीहरुको नामावली टुंग्याएको छ। काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी टुंगो लगाएको हो।

नेकपा एकीकृतले पार्टीमा रहेका दुई पूर्वप्रधानमन्त्रीमध्ये यसअघिनै अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको पद र वरीयता टुंगो लगाएको थियो। केन्द्रीय समितिमा रहने बाँकी पदाधिकारी भने रिक्त रहेको अवस्थामा जिम्मेवारी बाँडफाँट भएको हो।

पार्टीको शीर्ष तहमा सबै पदाधिकारीमा सहमति जुटिसकेको र यही केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी भएको एक नेताले बताए। उनले एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल बनेको बताए।

एकीकृत समाजवादीले एक महिलासहित चार उपाध्यक्ष, तीन उपमहासचिव तथा चार जना सचिवको नाममा सहमति जुटाएको हो।

महासचिव भुसालसहित पार्टीका चार उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई र धर्मनाथ साहको नाममा सहमति जुटेको छ। उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन हुँदैछन्।

एकीकृत समाजवादीको सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीको नाममा सहमति जुटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved