आईपीएल क्रिकेट

जितसँगै दिल्ली शीर्ष स्थानमा

हैदराबादलाई ८ विकेटले पन्छाउँदै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो। १३५ रनको विजयी लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालभ्युज

जितसँगै दिल्ली शीर्ष स्थानमा

काठमाडौं। दिल्ली क्यपिटल्स इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटको अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। सनराइजर्स हैदराबादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति हैदराबादलाई ८ विकेटले पन्छाउँदै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो। १३५ रनको विजयी लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीले ९ खेलबाट ७ जितसहित १४ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा पुगेको हो। ८ खेलबाट १२ अंक बटुलेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा रहँदा समान खेलबाट १० अंक बटुलेको बेंगलोर तेस्रो स्थानमा छ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । कप्तान ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।

हैदराबादका खलिल अहमेद र राशिद खानले १/१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।

हैदराबादका रिद्दिमान साह र केन विलियम्सनले १८/१८ रन बनाउँदा अब्दुल समादले २८, राशिद खानले २२, मनिस पाण्डेले १७ र जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ तथा एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved