सरकारले प्रतिस्थापन विधेयक ल्याउने

नेपालभ्युज

सरकारले प्रतिस्थापन विधेयक ल्याउने
फाइल तस्वीर

काठमाडौं। सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने जानकारी दिए। माओवादी स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महराले भने, “बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लाग्ने र मन्त्रिपरिषद् विस्तार हुने ब्रिफिङ आजको बैठकमा भयो।”

प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ। भोलिको बैठकमा नै दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको महराले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउनमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। अध्यादेशमा पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगे पार्टी विभाजन गर्न पाउने अध्यादेश ल्याइएको थियो।

अध्यादेश ल्याएसँगै माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। त्यस्तै महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो।

अध्यादेश आएसँगै सरकारको आलोचना भएको थियो भने सत्तारुढ दलबीच अध्यादेशलाई लिएर विवाद भएको थियो। नवगठित नेकपा (एस) ले अध्यादेश संसदबाट पारित हुनुपर्ने अडान लिएको थियो भने जसपाले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको थियो।

अध्यादेशलाई लिएर गठबन्धन दलबीच नै विवाद भएपछि देउवाले ७२ दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved