कोरोना अपडेट

थपिए १४ सय ७८ संक्रमित, ६ जनाको मृत्यु

नेपालभ्युज

थपिए १४ सय ७८ संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं। नेपालमा बुधबार थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ११ हजार ६७ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा २ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन्।

हाल देशभर २१ हजार १ सय ३९ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४३ जना क्वारेन्टाइनमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved