पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले भने, “एमसीसी खासै प्राथमिकतामा छैन”

नेपालभ्युज

पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले भने, “एमसीसी खासै प्राथमिकतामा छैन”
फाइल तस्वीर

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणको क्रममा मन्त्री खड्काले भने, “एमसीसी मेरो खासै प्राथमिकतामा छैन, अमेरिका भ्रमण केवल संयुक्त राष्ट्र संघीय महासभामा भाग लिने र राष्ट्रसंघको सभामा सार्क राष्ट्रका पदाधिकारीसँग सम्बन्ध बढाउने मेरो प्राथमिकता हुनेछ।” त्यहाँ उनले नेपालको एजेण्डालाई मुख्य रूपमा प्रस्तुत गर्ने बताए।

एमसीसी र बीरआईलगायत नेपालसँग जोडिएर विवादित बनेका परियोजनका सवालामा आफूले अध्ययन गरेर त्यसबाट पर्न सक्ने प्रभावमा दलीय सहमति कायम गरेर अघि बढ्ने पनि उनले बताए।

साथै नेपालको राष्ट्रिय हितलाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा केन्द्रित हुने उनले बताए। बहुपक्षीय सम्बन्ध विस्तारमा आफू लागिपर्ने उनको भनाइ थियो।

चीनविरुद्ध केही हप्ताअघि अमेरिका बेलायत र अष्ट्रेलिया सम्मिलित गठित एलाइन्स ‘अकस’ सुरक्षाका हिसाबले चुनौतीपूर्ण भएको र नेपालको यसको पक्षमा नरहने उनले जानकारी दिए।

यसअघि हिजो सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको थियो। मंगलबार बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ५ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved