बुधबार पनि बढ्यो शेयर बजार

बुधबार १२ बजेसम्मको कारोबारमा नेप्से परिसूचक ६९ दशमलव ६ अंकले बढेर २७८१ दशमलव १३ पुगेको छ।

नेपालभ्युज

काठमाडौं। लामो समयको पहिरोपछि मंगबारदेखि शेयर बजार सुधारिएको छ। साताको तेस्रो कारोबार दिन मंगलवार बजार अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव ८३ अंकले बढेको थियो।

बुधबार पनि नेप्से परिसूचकले सकारात्मक सर्किट हानेको छ। बुधबार १२ बजेसम्मको कारोबारमा नेप्से परिसूचक ६९ दशमलव ६ अंकले बढेर २७८१ दशमलव १३ पुगेको छ।

उक्त समयसम्ममा २११ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँको २९ लाख ९१ हजार कित्ता शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सपोेर्ट लघुबित्त बित्तीय संस्थाको शेयर ८.२४ प्रतिशतले बढेको छ भने दिब्यश्वरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर क्रमशः ७.६५ र ७.५६ प्रतिशतले बढेको छ। बुधबार १३ ओटै उप सूचकांक बृद्धि भएकोमा बैंकिङ क्षेत्रको शेयर १.८२ प्रतिशतले बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved