एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ।

छापावाल सुन मंगलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी मंगलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय-समयमा परिवर्तन भइरहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved